पलाँता सरकारले गरेका गतिविधि बारे जानतामाझ सार्वजनिक 

कमल कुमाल कालीकोट
कालीकोट जिल्लाको पलाँता गाउँपालीका सरकारले गरेका गतिविधि बारे जानतामाझ सार्वजानीर्क गरेको छ । पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०८०,८१ मा बिनियोजित बजेट, योजना निति निर्माण तथा खर्चका वारेमा गाउँपालीकाले वडा नम्बर १देखि ९सम्मका सम्पूर्ण नागरिकलाई राखेर सरकारले गरेका गतिविधी बारे सार्वजनिक गरेको हो । सुशासन, पार्दशिक्ता र जवाफदेहि सरकार बनाउनका लागी गाउँपालीकाले गरेका गतिविधी जनतामाझ सार्वजनिक गर्नुका साथै गाउँपालीकालाई नागरिक मैत्री बनाउने उदेश्यले सार्वजनीक सुनुवाई गरेको गाउँपालीका अध्यक्ष विष्णु बहादुर रोकायाले बताउनु बताउनु भयो ।


साथै पालीका सरकारले गरेको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि आगामी दिनहरुमा यस्ता कार्यहुँन नदिने गाउँपालीका उपाध्यक्ष अलैपूरा हमालको भनाई रहेको छ ।हरेक नागरिकले सरकार र सार्वजनिक संघ संस्थाको वारेमा जान्न वुझ्न पाउनु नागरिकको हक अधिकार हो ।यो हक अधिकारलाई शुनिश्चितता गर्नकालागी नागरिकलाई राखेर जानकारी दिन तथा उनीहरुलाई सेवामा प्रभावकारी बनाउन र कमिकमजोरी हटाउन सार्वजनिक सुनुवाई गरेको प्रमूख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार बिगतमा घुम्तिरूपमा कहिले थिर्पु कहिले दुर्सि ,कहिले लोडेबाट सन्चालन हुने गरेकोमा अब गाउसभाको सर्वसम्वत निर्णयले रानिबिसौनामा नै स्थायी हुने बताउनु भयो । पालिका केन्द्र रानि बिसौनामा भवन बनिसकेकाले राज्यका संरचना बन्न बितिकै दशै अगावै पालीकाको प्रशासनीक भवन रानिबिसौनाबाट सेवा प्रभाव गर्ने समेत अधिकृत श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया,उपाध्यक्ष अलैपुरा हमाल, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ ,सम्पुर्ण वडाका वडा अध्यक्ष,विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारहरुले नागरिकले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया