रास्काेटमा अस्थायी ट्राफिक प्रहरी पाेष्ट स्थापना

कमल कुमाल कालिकाेट 

ट्राफिक नियमकाे पालाना गराैं, सभ्य नागरिकको परिचय दियौं भन्ने मुल नाराका साथ कालिकोट जिल्लाकाे रास्काेट नगरपालिकामा सनिवार अस्थायी ‘ट्राफिक प्रहरी पोष्ट’स्थापना गरिएको छ । रास्काेट नगरपालिका वडा नं. ४ स्थित आर सि पि बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो । दुर्घटना न्यूनीकरण र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जनाईएकाे छ ।

ट्राफिक व्यवस्थापनका लागि रास्काेट नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरेसँगै नगरपालिका भित्र रहेका सडकको ट्राफिक व्यवस्थापन,नियमित सवारी जाँच तथा नियमनका लागि ट्राफिक प्रहरीलाई खटाइने जनाईएकाे छ    । पालिका भित्रका सडकमा क्षमता भन्दा बढी यात्रु लिने,भाडा चर्को असुल्ने जस्ता समस्याको समाधान हुने अपेक्षा गरिएको समेत बताउनु भएकाे छ  ।

 

तपाईको प्रतिक्रिया