रास्काेटमा अस्थायी ट्राफिक प्रहरी पाेष्ट स्थापना

← Back

Thank you for your response. ✨

कमल कुमाल कालिकाेट 

ट्राफिक नियमकाे पालाना गराैं, सभ्य नागरिकको परिचय दियौं भन्ने मुल नाराका साथ कालिकोट जिल्लाकाे रास्काेट नगरपालिकामा सनिवार अस्थायी ‘ट्राफिक प्रहरी पोष्ट’स्थापना गरिएको छ । रास्काेट नगरपालिका वडा नं. ४ स्थित आर सि पि बजारमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको हो । दुर्घटना न्यूनीकरण र सवारी साधनबाट हुने ट्राफिक जाम नियन्त्रणका लागि ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जनाईएकाे छ ।

ट्राफिक व्यवस्थापनका लागि रास्काेट नगरपालिकामा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरेसँगै नगरपालिका भित्र रहेका सडकको ट्राफिक व्यवस्थापन,नियमित सवारी जाँच तथा नियमनका लागि ट्राफिक प्रहरीलाई खटाइने जनाईएकाे छ    । पालिका भित्रका सडकमा क्षमता भन्दा बढी यात्रु लिने,भाडा चर्को असुल्ने जस्ता समस्याको समाधान हुने अपेक्षा गरिएको समेत बताउनु भएकाे छ  ।

 

तपाईको प्रतिक्रिया