पलाँता पूर्णखोप शुनिश्चिता घोषण 

कालीकोट पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ ।गाउँ पालिकामा १६ देखि ५९ महिना उमेरका सम्पुर्ण बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउने सबै खोप दिलाई ९ वटै वडा पुर्ण खोप सुनिश्चितता प्रमाणीकरण भए पश्चात् आज एक कार्यक्रमका विच घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख तथा खोप समन्वयका संयोजक धनजित शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दीगोपना प्रमाण–पत्र प्रदान गर्दै बिधिवत रूपमा घोषणा गरिएको छ ।

सो कार्यक्रममा पलाँता गाउँपालीका उपाध्यक्ष अलैपूरा हमाल,प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ जिल्ला  समन्वय समितिका उपप्रमुख मिना रावत ,स्वास्थ्य सेवा कार्यालयका कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महत नेपाल पत्रकार महाँसघ कालीकोटका अध्यक्ष भरतराज विष्ट लगाएतको उपस्थिति रहेको थियो   ।

तपाईको प्रतिक्रिया