कालीकोट जिल्ला शुभकालिका गाउँपालिका वडा नं ६ हाउडीमा जन्मीनु भएका नवराज आचार्य “ कुन्दन ’का मार्मीक गजल……
गजल १
सचेत हुनुपर्छ आफ्नैसँग जोगिएर हिड्नु पर्छ।
कदम कदम दुश्मन हुन्छन रोकिएर हिड्नु पर्छ ।
एक थोत्रो गाग्री जस्तै भयो गरीबको जिन्दगी
चुहिएर हिड्नु पर्छ कतै पोखिएर हिड्नु पर्छ ।
आजसम्म गाउँका पैतला सम्म देखेको छैन
सहरका नाङ्गा तिघ्रासङ्ग ठोकिएर हिड्नु पर्छ ।
गजल २
जानी राखे बुझी राखे फरक पर्दैन ।
भट्टी पसे मृत्यु चाखे फरक पर्दैन ।
तिमी सभ्य सहरीया सुन्दर बन सधै,
जस्तो भए गाउँले पाखे फरक पर्दैन।
देश खाने हनुमान त छदै थिए हिजै
अर्को आयो उस्तै लाखे फरक पर्दैन ।
गजल ३
हावाले छोड्यो भने हल्लिन कुनै दिन ।
भन्न नपरोस कसैलाई देखिन कुनै दिन ।
हतार हतारमा आयौ हतारमै गैहाल्यौ ।
सजिलो कहाँ थियो र सम्झिन कुनै दिन ।
बेचिएका नदीहरु निरास भएर बग्छ्न ।
मलाई पनि पर्छ होला बेचिन कुनै दिन ।
गजल ४
आँखा निभाएर बाल मनको उज्यालो ।
तब देखिन्छ हरेक जीवनको उज्यालो ।
तिमी साथ रहुन्जेल दुनिया देखिन मैले
बिछोडमा देखिने रैछ मिलनको उज्यालो।
न भेटिन्छ्न चिताबाट हराएकी आमा
न भेटिन्छ अब फेरि बच्पनको उज्यालो ।
कसले सक्छ र रोक्न अब मृत्युको सफर
धारले देखि सकेको छ गर्धनको उज्यालो ।
गजल ५
काडाको छेउ फुलको गर्धनमा बस्छौ।
कस्तो कहाली लाग्दो जीवनमा बस्छौ।
थाहछैन मन कहाँ हुन्छ कस्तो हुन्छरु
यत्ती थाह छ तिमी मेरो मनमा बस्छौ ।
मेरो घरमा शोक छरेर गएकी ए जुन
अचेल तिमी कस्तो आगनमा बस्छौ ।
गजल ६
देख्यो भने माछाले माछिजाल जादैन ।
हारेको जुवारी फेरि जुवाखाल जादैनरु
दुख सुख आउनु जानू समयको खेल हो,
पसिनाको छेउछाउमा अनिकाल जादैन ।
हामीलाई हो हरेक थरीका सुरक्षा चाहिने ।
बिरालो बच्चा जन्माउन अस्पताल जादै
तिलाप्रेस । १२ असार २०८१, मंगलवार १९:४४