शुभकालिका गाउँपालिका लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

 

कालीकोट ,जिल्लाको शुभकालिका गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता ,हाम्रो प्रतिबद्धता “ भन्ने मुल नाराका साथ बिहीबार एक कार्यक्रम गरि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरियको हो ।

बालबालिकाले पाउने सम्पूर्ण सुचक पुरा गरि सबै गाउँ,टोलमा  खोप लगाईएकोे शुभकालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जयकृष्ण आचार्यले बताउनु भयो । शुभकालिका गाउँपालिका ८ वटै वडाका १५ महिना सम्मका बालबालिकाहरुलाई तोकिएका सबै खोपहरु पूरा गरेकाले गाउँपालिका लाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरीएको आचार्यले बताउनु भयो ।

आगामी दिनहरुमा पनि गाउँपालिकाका सम्पूर्ण बालबालिकाहरुलाई खोपको मात्रा पुरा गर्न निरन्तरता दिन दिगोपना कायम राख्न सबै सरोकारवालाहरुले आ–आफ्नो स्थानबाट पहल गर्न र पूर्णखोप युक्त अवस्थालाईकायम राख्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । शुभकालिका गाउँपालिका वडा नं ५ का जेष्ठ वडा सदस्य जनक बहादुर शाहीको सभा अध्यक्षता, जिल्ला शिक्षा समन्वय इकाई कालीकोटका प्रराविधिक मान बहादुर कुमालको प्रमुख अतिथि र वडा सदस्य राधिका शाहीको बिशेष आतिथ्यता, जिल्ला स्वास्थ्य सेवा कार्यलय कालीकोटका अहेब नन्द बहादुर मल्ला , स्वास्थ्य कर्मी ,पत्रकार ,सुरक्षा कर्मी, बालक्लव लगाएतको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पान्न गरीएको थियो  ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै  कुमालले भन्नु भयो स्वास्थ्य क्षेत्रमा निरन्तर खटियर स्वास्थ्य कर्मीहरुले महत्त्वपूर्ण भूमिका खेलेकोमा बिशेष धन्यवाद ! दिनु भयाे । पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्न स्थानीय  नागरीक हरुको पनि ठुलो हात भएको बताउनु भयाे । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि , स्वास्थ्य कर्मी ,बालक्लब ,युवा क्लब लगाएतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया