महावै गाउँपालीकाले ल्यायो ३३ करोड भन्दा बढिको बजेट 

कालीकोट जिल्लाको महावै गाउँपालीकाले ३३ करोड बढिको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१,८२ का लागी ३३ करोड ९३ लाख ,१२ हजार ,७ सय ५४ रुपैयाँ प्रस्तुत गरेको छ ।

११ औँ गाउँ सभाले कृषि र सडकलाई पहिलो प्राथमिकतामा राखेर नयाँ आर्थिक वर्षका लागि वजेट र निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

 

उद्घाटन कार्यक्रममा अध्यक्ष खेम बहादुर सिंह(भिजन) को अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो ।उपाध्यक्ष दानसिंह सेजुवालले बजेट प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत ई. प्रकाश वहादुर शाहीले संचालन गरेका छन् ।

उक्त ११ औं गाउँसभामा सम्पुर्ण वडाका वडाध्यक्षहरु,कार्यापालिका सदस्य , जनप्रतिनिधि ,विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो । ११ औं गाउँसभा बाट उत्कृष्ट कर्मचारी र अन्य लाई समेत सम्मान गरिएको छ ।।

तपाईको प्रतिक्रिया