१ सय ८० जना विद्यार्थिलाई पोषाक सहयोग

कालिकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नं.६ मा रहेको वडरुख आधारभुत विद्यालयका १ सय ८० जना विद्यार्थिलाई पोषाक वितरण गरिएको छ । विद्यार्थिलाई विद्यालयमा नियमित गराउनका लागि र पोषाक नपाएर विद्यालय छोड्न नपरोस भनेर यूवा नेता, समाजसेवि नरेश बमले पोषाक सहयोग गरेका हुन । केहि समय पहिले उक्त विद्यालयमा अपांगता तथा अति गरिव, विपन्न बालवालिकालाई पोषाक सहयोग गर्न पुगेका बमले विद्यालयको आग्रहमा १ सय ८० जना विद्यार्थिका लागि पोषाक खरिद गरि सहयोग गरेका हुन । विद्यालयमा रहेका सवै विद्यार्थिका परिवारको अवस्था कमजोर रहेको र सबै विद्यार्थिका लागि पोषाक सहयोग गरिदिन विद्यालयका प्रधानाध्यापक चन्द्रशिंह सावदले अनुरोध गरेका थिए ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

आफु पनि स्वयम विद्यालयमा पुगेर विद्यार्थिको अवस्था देख्दा केहि सहयोग गर्न चाहेको बमले बताए । उनले प्रधानाध्यापकको आग्रह र विद्यार्थिको अवस्था हेरेर आफुले व्यक्तीगत रुपमा पोषाक सहयोग गरेको उनले बताए । उनले कुनै राजनितिक लाभ लिनका लागि नभई विसुद्ध शिक्षा क्षेत्रको विकास र विद्यार्थिको पठन पाठनमा सहजताका लागि यो सहयोग गरिएको बताए । र उनले यो सहयोगलाई कुनै पनि राजनितिक नाराको रुपा नलिने समेत बताएका छन ।

राजनितिक पुर्वाग्राही तरिकाले दिएको सहयोग विद्यालयले नलिने प्रधानाध्यापक चन्द्रशिंह सावदले बताए । उनले विभिन्न विद्यालयमा पोषाक सहयोग गरिरहेका वेला आफ्नो विद्यालयमा पनि सहयोग गरिदिन अनुरोध गरेको र उक्त आग्रहलाई सहजै रुपमा स्विकार गरि सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरेका छन । उनले कोही कसैले पनि राजनितिक लाभका लागि र व्यक्तीगत लाभका लागि विद्यालयलाई सहयोग गर्न खोजेमा आफुले अस्विकार गर्ने र विसुद्ध सहयोग गर्नेहरुले स्वागत गर्ने सावदले बताएका छन ।
उक्त विद्यालयमा प्राय जसो दलितका छोराछोरी अध्ययन गर्ने गर्छन । घरको आर्थिक अवस्था कमजोर भई विद्यालय पोषाक समेत किन्न नसक्ने अभिभावकका लागि आफ्ना छोरा छोरीले निशुल्क पोषाक पाएपछि खुसी भएका छन । कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थिले विद्यालयको नाम र लोगो सहितको पोषाक पाएपछि खुसी देखिएका छन ।

तपाईको प्रतिक्रिया