कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिकाले ४३ करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४३ करोड ६७ लाख ४४ हजार बजेट प्रस्तुत गरेको हो।
स्वास्थ्य ,शिक्षा ,उत्पादन र आपुर्ती रोजगारी जिविका पूर्वाधार र समृद्धि भन्ने मुल नाराका साथ ११ औँ गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई पहिलो प्राथमिकतामा राखेर नयाँ आर्थिक वर्षका लागि बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
चालु तर्फ २५,लाख ८२ हजार ७९ हजार र पजिगत तर्फ १७ करोड ८४ लाख ६५ हजार बजेट गाउँपालिकाकी उपाअध्यक्ष धर्म कला शाहीले प्रस्तुत गर्नु भएको थियो ।
आगामी आ.ब २०८१/२०८२ मा कुल आमदानी ४३ करोड ६७ लाख ४४ हजार बजेट प्रस्तावित गरिएको छ ।

तिलाप्रेस । ११ असार २०८१, सोमबार २०:३२