सान्नी त्रिवेणी गाउँपालिकाले ल्यायो ३८ करोड बढि वजेट 

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले ३८ करोड वढि वजेट ल्याएको छ । आर्थिक वर्ष २०८१।०८२ का लागि ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको वजेट प्रश्तुत गरेको हो । असाढ ७ र ८ गते वसेको १४ औँ गाउँ सभाले शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई पहिलो प्राथमिकतामा राखेर नयाँ आर्थिक वर्षका लागि वजेट र निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सशर्त अनुदान संघिय सरकारवाट १५ करोड ८९ लाख ६८ हजार प्रदेस सरकारवाट ३ करोड २१ लाख ८८ हजार, वित्तिय समानिकरण संघिय सरकारवाट ८ करोड ९१ लाख प्रदेस सरकारवाट ९९ लाख ५३ हजार, राजश्व बाडफाँड संघिय सरकारवाट ७ करोड ७५ लाख प्रदेस सरकारवाट ५ लाख ८४ हजार ३ सय ९ , समपुरक अनुदार संघिय सरकारवाट १ करोड ५० लाख आन्तरिक श्रोत ४५ लाख गरेर ३८ करोड ७७ लाख ५ हजार ३ सय ९ रुपैयाँको वजेट ल्याएको हो ।
गाउँ सभाले पालिकाको प्रशासकिय भवन निर्माण, शान्तिघाट देखि पालिका सम्मको सडक स्तरउन्नती, रकु देखि पालिका सम्मको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई आधारभुत आवश्यकतामा राखेर वजेट ल्याइएको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो ।

आधारभुत अस्पतालमा फार्मेसी संचालन तथा जेनेरेटर खरिद गर्ने, एम्वुलेन्स नियमित संचालनमा ल्याउने, पालिकाको स्काभेटर मार्फत रकु देखि पालिका सम्मको सडक निर्माण गर्ने, शिप सिकाएर आत्म निर्भर बनाउने, भौतिक संरचनाका लागि साझेदार गर्ने, स्वास्थ्य चौकीको भवन निर्माण तथा स्तरउन्नती, खानेपानी लगायतका क्षेत्रमा वजेट विनियोजन गरिएको छ ।
सबैको चासोको विषय रहेको रकु देखि पालिका सम्मको सडक निर्माणका लागि पालिकाले २० लाख वजेट छुट्याएको छ । २० लाख प्रदेस सरकारवाट र २० लाख स्थानिय सरकारवाट वजेट विनियोजन गरिएको छ । सडक निर्माणका लागि २ ठाउँवाट काम सुरु गरिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । नयाँ आर्थिक वर्षको वजेटमा वडाको चालु खर्च घटेको छ । आर्थिक वर्ष २०८१।०८२ का लागि ९ वटै वडाका लागि २७ लाख विनियोजन गरिएको छ ।
पालिकामा रहेका विभिन्न राजश्व को क्षेत्र पहिचान गरि राजश्व बृद्धि गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ । १४ औँ गाउँसभाले २ वटा ऐन समेत पारीत गरेको छ । सान्नी त्रिवेणी गाउँपालिका कार्यपालिकाको बिनियोजन ऐन २०८१ र आर्थिक ऐन २०८१ समेत गाउँसभाले पास गरेको छ ।

तपाईको प्रतिक्रिया