बालविवाह रोक्न सरोकारवाला सँग अन्तरक्रिया

कमल कुमाल
कालीकोटः स्थानीय स्तरमा हुँने बाल विवाह जस्ता घटनाहरु रोक्न सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहिको सभाअध्यक्ष तथा आवाज संस्था सुर्खेत र मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको समन्वयमा समुदायमा रहेको सरोकारवालहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मानव अधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीले बाल विवाह गर्नुहुँदैन बाल विवाह गर्नुभनेको कानुनी अपराध हो यस्लाई न्युनिकरण गर्न स्वएम आफै लागी पर्नुपर्नेमा जोड् दिनुभएको छ ।कानुनि प्रर्वद्वन अनुसार २० वर्ष नपुगी विवाह गरेमा काुननी अपराध हो भनिएको छ , तर बाल बिवाह गर्नुको कारण भनेको आर्थिक सामाजिक तथा चेतनाको कमिले गर्दा,प्रया जसो दलित समुदायमा हुँने गरेको शाहीले बताए ।

हाम्रो समाजका लागि यो एउँटा घातक रोग हो यस्लाई न्युनिकरण गर्नका लागी प्लान ईन्टनेश्नल नेपालको आर्थिक सहयोग तथा जिल्लामा रहेका विभिन्न साझेदार संस्थाको प्रभावले गर्दा पहिलेको तथ्याङ्कमा भन्दा अहिलेको तथ्याङ्कमा बालबिबाहको दर कम  मात्रमा भेटिने गरेको शाहीको भनाई रहेको छ ।विगत केहि वर्षदेखि बालविवाहविरुद्ध साझा अभियानले जिल्लाको ,शुभकालीका गाउँपालीका,महावै गाउँपालीका र खाँडाचक्र नगरपालीकामा वालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवालाहरुसँग समन्वयात्मक बैठक, बालविवाह सम्बन्धी कानुनी प्रार्वधानमा अभिमुखिकरण, बालविवाह छिटो विवाह र जवरजस्ती विवाहजस्ता घटनालाई न्यूनिकरण तथा रोगथामका, सम्बन्धी अभिमुखिकरण जस्ता कार्यक्रम संचालन गर्नुका साथै कर्णाली प्रदेशका १० जिल्लाका ३० वटा पालीकामा काम गरिरहेको समेत बालविवाह विरुद्ध साझा अभियानका जिल्ला संयोजक खडानन्द अधिकारीले बताउनु भयो।
गत वर्ष रास्कोट नगरपालीकामा हुँन लागेका १७ वटा बालविवाह बदर गर्न सफल भएको हुरेन्डेकका सामाजिक परिचालक अमना कुमारी संज्यालले बताईन् । जिल्ला प्रहरि कार्यालय कालीकोटमा गत वर्ष २ वटा मुर्दा आएको थियो भने अहिले कुनै वालविवाह सम्बन्धीको मुर्दा भने नआएको जनाईएको छ । कार्यक्रम संचालन भने बाल बिबाह साझा अभियान कालीकोेटका सदस्य तथा पत्रकार किरण अधिकारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया