कालीकोट जिल्लाको महावै गाउँपालीका सरकारले गरेका गतिविधि बारे जनताबीच सार्वजनिक गर्नुका साथै सुझाव संकलन गरेको छ ।
आर्थिक वर्ष २०८०,८१ मा बिनियोजित बजेट, योजना निति निर्माण तथा खर्चका वारेमा नागरिकलाई राखेर सार्वजनिक गरेको छ भने आर्थिक बर्ष २०८१,८२ को लागी सुझाव संकलन गरेको छ । सुशासन, पार्दशिक्ता र जवाफदेहि सरकार बनाउन गाउँपालीकाले गरेका गतिविधीबारे जनतामाझ सार्वजनिक गर्नुका साथै गाउँपालीकालाई नागरिक मैत्री बनाउने उदेश्यले सार्वजनीक सुनुवाई तथा सुझाव संकलन गरेको गाउँपालीकाले जनाएको छ ।

कार्यक्रममा महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह भिजन,,उपाध्यक्ष दनसिंह सेजुवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही ,सम्पुर्ण वडाका वडा अध्यक्ष,विभिन्न विषयगत शाखाका प्रमुख तथा आम नागरिकको उपस्थिती रहेको थियो ।
तिलाप्रेस । ८ असार २०८१, शुक्रबार १८:१३