रास्कोट नगरपालिकाले ल्यायो ५१ करोड भन्दा बढिको बजेट

कालीकोट रास्कोट नगरपालिकाकाको १४औं नगर सभा भब्यताका साथ शुक्रबार सम्पन भएको छ । हामि बनाउँछौं हाम्रो नगर भन्ने मुल नाराका साथ नगरपालीकाले १४ औं नगर सभा कार्यक्रमका सम्पन्न गरेको हो । नगर सभाका सभाअध्यक्ष तथा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही पोषणको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नगर उपप्रमुख मनिराज बरालले आर्थिक वर्ष २०८१÷०८२ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नुभएको थियो ।

 नगर सभाले अगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि करिव ५१ करोड ९ लाख ७२ हजार ५ सय ७६ रुपौयाँ आएव्यय सहितको बजेट प्रस्तुत गरिएको हो । चालू तर्फ चालू  ३२ करोड २७ लाख र पुजिगत तर्फ पुजि  १८ करोड ३९ लाख रहेको छ ।

नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख मनिराज बरालले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सञ्चारकर्मी,सुरक्षा निकायका पदाधिकारीहरु लगायतका स्थानिय नगरवासीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया