कालीकोट सशक्त बाल परियोजनाले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरु सँग यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तथा अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
प्लान इन्टनेशनल नेपालको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा सञ्चालित सशक्त बाल परियोजना अन्तर्गत प्रजनन स्वास्थ्य सम्बन्धी तथा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार एडभाइजर निराजन खड्का कार्यक्रम विशेषज्ञ विनय ज्ञावली, नेपाल पत्रकार महासंघ कालीकोटका उपाध्यक्ष नमराज योगी, नेपाल पत्रकार महासंघ कालीकोटका पूर्वअध्यक्ष तुलराज पाण्डे लगायतका विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष शाहीले यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी दिन र उनीहरुले गरेका कामको समीक्षा गर्नुका साथै आगामी दिनहरुमा पनि यस्ता खालका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धिका गतिविधिहरुलाई न्यूनीकरण गर्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए । उनले आगामी दिनहरुमा पनि अग्रसर भएर कलम चलाउन आग्रह गरे ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार एड्भाइजर निराजन खड्का तथा कार्यक्रम विशेषज्ञ विनय ज्ञावलीले बाल विवाह गर्नुहुँदैन, बाल विवाह गर्नु भनेको कानूनी अपराध र उमेर नपुगी बाल विवाह तथा यौन सम्बन्ध राख्दा पछि स्वास्थ्यमा समस्या देखिने हुँदा यसलाई न्यूनीकरण गर्नका लागि स्थानीय तहमा किशोर किशोरीहरुका लागि पालिका स्तरमा कार्ययोजना निर्माण गरी प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
तिलाप्रेस । २० जेष्ठ २०८१, आईतवार २१:३०