कालीकोटमा ७ हजार भन्दाबढी बालबालिकाले लगाए आईपिभि रोग विरुद्धको खोप 

कमल कुमाल, कालीकोट
कालीकोटमा करिब ७ हजार ३ सय ९३ जना बालबालिकालाई आईपिभि रोग विरुद्धकोे खोप लगाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौं बटै पालीकामा जेठ १३ गतेबाट संचालन गरेको सो खोप अभियान बाट ७ हजार ३ सय ९३ जना बालबालिकाले खोप लगाएका छन् ।

जिल्लाको पलाता गाउँपालिकामा ९ सय ९४,पचालझरना गाउँपालिकामा ५ सय ९७,रास्कोट नगरपालिकामा १ हजार ३०,सान्नी त्रिवेणी गाउँपालिकामा ८ सय ५०,नरहरीनाथ गाउँपालिकामा १ हजार ४२, खाँडाचक्र नगरपालिकामा १ हजार ७, शुभकालिका गाउँपालिकामा ५ सय ९९,महाबै गाउँपालिकामा ४ सय ५१, र तिलागुफा नगरपालिकामा ८ सय २३, गरी जम्मा ७ हजार ३ सय ९३ जना बालबालिकालाई आईपिभि रोग विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।

उहाँका अनुसार पाँच वर्षमुनिका बालबालिका जसको प्रतिरोध क्षमता शक्तिको राम्रो विकास भइसकेको हुँदैन तिनमा पोलियोको जोखिम बढी हुन्छ । पोलियो लागेमा पक्षघातसम्मको गम्भीर जोखिम हुनेहुँदा यस्लाई समयमै निमूल गर्नेका लागी अभियानले राम्रो प्रतिफल दिने समेत उहाँले बताउनु भएको छ ।।

तपाईको प्रतिक्रिया