कालीकोट जिल्लाको पलाँता गाउँपालीका वडा नं.७ मा पर्ने गडवाली सिंचाइ कुलो निमार्णका लागी यूवा नेता लक्ष्मण बहादुर बमले करिव २ लाख ७६ हजार बराबरको पाईप निशुल्क उपलब्ध गराउनु भएको छ ।
किसानहरुले भोगिरहेको समस्यालाई मध्यनजर गर्दैं यूवानेता बमले २३ पिस पाईप निशुल्क उपलब्ध गराउनु भएको हो । पाईप उपलब्ध गराएसँगै अहिले त्यहाँका कृषकहरुका लागी बेर्ना राख्नुका साथै रोपाईँका लागी सहज भएको नेता बमले बताउनु भएको छ ।
गतबर्ष भिषण पहिरोले क्षेती पुर्याएको ठाउँमा निमार्णको लागी त्यहाँका किसानहरुले स्थानीय,सरकार,प्रदेश सरकार र संघीय सरकारका तिनै सरकारसँग निमार्णका लागी गुनासो गरेपनी सुनुवाई नभएपछी, यो समस्या म कहाँ पुग्यो ,मैल तत्काल समस्य सामाधानका लागी अहिले २३ पिस पाईप निशुक्ल उपलब्ध गराएको बताउनु भयो ।
पाईप निशुल्क उपलब्ध गराएसँगै अहिले त्यहाँका किसानहरुले बेर्ना राख्नुका साथै रोपाईमा लागेको खबर सुन्न पाउँदा एकदमै खुसि महशुस भएको समेत बमले बताउनु भएको छ । आफुजुन सुकै ठाउँमा भएपनी नागरिकको सेवामा सधैं समर्पित भएर काम गर्ने बमको भनाई रहेको छ ।
दिगो विकास र दिर्घकालिन समस्य सामाधानका लागि स्थानीय सरकारलाई किसानहरुका समस्यालाई मध्यनजर गरेर दिर्घकालीन समस्यको सामाधान गर्दिन पनी बमले आग्राह गर्नुभएको छ । यो सहयोग गर्ने अबसर जुटाउने पहलकर्ता धर्मसिह धामिलाई बमले धन्यवाद समेत दिनु भएको छ ।
तिलाप्रेस । २३ जेष्ठ २०८१, बुधबार ०६:१२