कालीकोटमा आई.पि.भी खोप लगाउको संख्या ६ हजार २ सय ३० पुग्यो 

कालिकोट  कालीकोटमा अहिले सम्म आइ.पि.भी खोप लगाउको संख्या ६ हजार २ सय ३० पुगेको छ ।स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौं वटा स्थानिय तहमा संचालन गरिएको आइ.पि.भी (पोलियो) खोप अभियान  बाट  अहिले  सम्म ६ हजार २ सय ३० जनाले खोप लगाएका छन् ।

त्यस्तै खाँडाचक्र नगरपालीकामा १ हजार ७ जना, तिलागुफा नगरपालीकामा ८ सय २३, रास्कोट नगरपालीकामा ५ सय ७ शुभकालीका गाउँपालिकामा ४ सय ५१ नरहरिनाथ गाउँपालीकामा १ हजार ४२  पचालझरना गाउँपालीकामा ५ सय ९७,पलाँता गाउँपालीकामा ९सय ९४  ,महावै गाउँपालीकाम ४ सय ३५  र शान्नित्रिवेणी गाउँपालीकामा ३ सय ७४  गरि जम्मा ६ हजार २ सय ३० जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भयो ।

अहीले सम्मको डाटा अनुसार कुल ८६.७४ प्रतिशत बालवालिकाले खोप लगाएका छन्। नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ अहीले राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया