सिंजामा बाल विवाह अन्त्य गर्न पञ्चबर्षिय रणनीति योजना कार्यशाला सम्पन्न

जुम्ला जिल्लाको सिंजा गाउँपालिकामा बाल विवाह अन्त्यका लागी पञ्चबर्षिय रणनीति कार्यशाला सम्पन गरिएको छ । मंगलबार सिंजा गाउँपालिका उपाध्याक्ष सितली रोकायाको अध्यक्षतामा र पालिका स्थीत सरोकावालाको सहभागीतामा शुरु गरिएको कार्यशाला सम्पन्न् भएको हो । विकास साझेदार संस्थाहरु बालविवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल जुम्ला, प्लान इन्टरनेशनल नेपाल, पेस नेपालको सहयोगमा कार्याशाला सम्पन्न गरिएको छ । कार्याशालामा बाल विवाह अन्त्य गर्न पञ्चबर्षिय रणनीति योजनाको मस्यौदामा बृहत छलफल भएको छ । समुदायमा ठुलो समस्यारुपमा रहेको बालविवाह अन्त्य गरि वडा र पालिका लाई बाल विवाह मुक्त गर्न केहि कानुनी जटिलता लाई मध्येनजर गरि साझेदार संस्थाहरुको सहयोग लिई बाल बाल विवाह अन्त्य गर्न पञ्चबर्षिय रणनीतिक योजना निर्माण तर्जुमा कार्यशाला गोष्ठि सम्पन्न गरिएको हो । यस कार्यशालाको मुख्य सहजिकरण रमा भण्डारी र सह सहजिकरण पेस नेपाल जुम्लाका कार्यक्रम प्रमुख हेमराज भट्ट गर्नुभएको थियो ।

बालविवाहले बालबालिकाको जीवनमा बहुपक्षिय असर गरिरहेको सन्र्दभमा बालविवाह अन्त्यगर्नको लागि सिंजा गांउपालिका पञ्चवर्षिय रणनीति निमार्ण गरेर कार्यान्वयन तर्फ अग्रसर हुने प्रतिवद्धताको साथ यस पालिकामा कार्यरत विकासका साझेदार संस्थाहरुको सहयोगमा दुई दिने कार्यशाला सम्पन्नभएको छ । कार्यशालामा बालविवाह न्यूनिकरणको लागि रणनीतिको खाका सम्बन्धमा छलफल गरिएको हो । कार्यशालाले आ.व. २०८५÷८६ सम्म बालविवाह न्यूनिकरण गर्नको लागि सवलपक्ष, अवसर पक्ष, कमजोर पक्ष र चुनौति सम्बन्धमा वृहत छलफल गरेका छन् । साथै गोष्ठीले बालविवाह न्यूनिकरणको रणनीतिक उद्देश्य निर्माण गर्नुको साथै आगामी कार्यक्रमहरु कस्तो राख्ने भन्ने सम्बन्धमा वृहत छलफल गरेका छन् ।

गोष्ठिको समापन कार्यक्रममा प्रशासकीय प्रमुख पवित्रा शाहीले रणनीतिक योजनालाई कानुनी प्रक्रिया पुरा गर्न र कार्यान्वयनको लागि वार्षिक वजेट विनियोजनको सम्बन्धमा जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । साथै उहा“ले यो रणनीतिक योजनाकार्यान्वयन गरेर नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने प्रतिवद्धतालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।सहजकर्ता रमा भण्डारीले बालविवाह अन्त्य गर्नु मानविय विकासको पक्षमा एउटा युद्ध जित्नु हो । यसले बालबालिकाको जीवनमा सर्वोत्तम हित प्राप्त गरी उनिहरुको अधिकार सुनिश्चित गर्न बालमैत्री वातावरणको सृजना गर्दछ भन्ने कुरामा जोड दिएको थियो । बालविवाह न्यूनिकरणका लागि बालसंरक्षणका संयन्त्रहरुको निमार्ण र सर्वपक्षिय भूमिकालाई अभिवृद्धि गरी क्रियाशिल बनाउन आवश्यक रहेको कुरामाजोड दिनु भएको थियो ।

जनप्रतिनिधिहरु, सम्पूर्ण शाखा प्रमुखहरु, वडा सचिवहरु र नागरिक समाजका अगुवाहरुको उपस्थितमा संचालन भएको गोष्ठीमा बालबालिका वर्तमानका साझेदार र भविष्यका उम्मेदवार हुन् भन्ने भनाई लाई सार्थक बनाउनको लागि अब कस्ता क्रियाकलापहरुले बालबालिका स्वयंले आफ्नो जीवनका लक्ष्य निर्धारण गरी अगाडि बढ्न सक्छन् भन्ने कुरामा संवेदनशिल भएका थिए ।

तपाईको प्रतिक्रिया