कालीकोट, जिल्लाको शुभकालिका गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि कर्मचारी धार्मीक अगुवा धामिभाँक्री समुदायका ज्येष्ठ नागरीक महिला पुरुष शिक्षक शिक्षीका पत्रकार लगाएत का सरोकारवालाबिच छाउपडी प्रथाविरुद्ध दईदिने जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छ ।
कर्णालीका दुर्गम गाउँमा अझै पनि छाउपडि प्रथा काएमै रहेकाले यसको अन्तेका लागि दुईदिने जनचेतनामुलक अन्तरक्रिया गरीएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालय सिंहदरबार ,काठमाडौं को आयोजनामा यो कार्यक्रम गरीएको हो । छाउपडी प्रथा कर्णाली का अधिकांश गाउँमा अझौ पनि काएमै रहेकाले यस्को अन्तेका लागी धामीभाँक्री,वुद्धी जिवि नागरीक समाज युवा बाट यसको सम्भव हुने भएकाले गाउँपालिकामा यस्ता खालका कार्यक्रम गरेको शुभकालिका गाउँपालिकाकी उपाअध्यक्ष धर्मकला शाहीले बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्राालयकी सचिव मिरा अधिकारीको सभाअध्यक्षता शुभकालिका गाउँपालिका उपाअध्यक्ष धर्मकला शाहीको प्रमुख आतिथ्यतामा र शुभकालिका गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केन्द्र बहादुर शाहीको बिशेष आतिथ्यितामा कार्यक्रम शुरु गरीएको हो । कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्राालयकी सचिव मिरा अधिकारीले भन्नु भयो दुर्गमका गाउँमा छाउपडि प्रथा बाट धेरै महिला हरुले छाउ भएको बेला गोठमा सुतेकै बोला सर्पले टाेकेर ज्यान गुमाएको आफूले कर्णालीको पिडा बुझेर यस्ता खालका जनचेतनामुलक अन्तरक्रिया गरेको बताउनु भयो ।

कार्यक्रमा बोल्दै गाउँपालिकाकी उपाअध्यक्ष शाहीले भन्नु भयो अब छाउपडि प्रथालाई कम गर्न धामीझाक्रीँ आफैलाग्न जरुरी रहेको बताउनु भयो छाउपडी प्रथाको अन्ते गर्न शुभकालिका गाउँपालिका निरन्तर लागीरहेको जान्कारी दिनु भयो । कार्यक्रमा शुभकालिका गउँपालिकाका धामिभाँक्रीरी ज्येष्ठ नागरीक महिला पुरुष शिक्षक शिक्षीका पत्रकार लगाएतका सरोकारवाला सुरक्षा कर्मी लगाएतलाई जनचेतनामुलक अन्तरक्रिया दिएको हो ।




तिलाप्रेस । १६ जेष्ठ २०८१, बुधबार १७:४२