कालीकोट
कालिकोटको पचालझरना गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजित बजेटको ६९ प्रतिशत खर्च गरेको छ । गत वर्षमा कालिकोटमा असारमै बजेट अनुमोदन र असारमै सम्झौता गर्ने असारे विकासले गर्दा बजेट खर्च नभएरै फिर्ता वा फ्रिज जाने गरेको थियो ।
तर पचालझरना गाउँपालिकाले चालु आर्थिक वर्ष सकिन जम्मा २ महिना बाँकी रहँदा ६९ प्रतिशत बजेट खर्च गरिसकेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले जानकारी दिनुभयो । असार २४ पछि सरकारी खाताबाट आर्थिक कारोबार हुँदैन । आएको बजेट काम नगरि फिर्ता नपठाउन समयमै योजनाको सम्झौता गरेर कामअनुसारको भुक्तानी दिइ रहेको भण्डारीले बताउनुभयो ।

उहाँकाअनुसार चालु आर्थिक वर्षको कुल बजेट ४१ करोड हो । यसमा पनि सङ्घीय बजेट समानिकरण ८ करोड ८४ लाख रहेकामा ६ करोड ४७ लाख मात्र पालिकामा प्राप्त भएको छ । यसैगरी प्रदेश समानिकरण अन्तर्गत ९६ लाख ८४ हजार रुपैयाँ प्राप्त हुनुपर्नेमा ७२ लाख प्राप्त भएको छ ।
तिलाप्रेस । १६ जेष्ठ २०८१, बुधबार १७:०४