कारागारका कैदीबन्दीहरु लाई फलफूल वितरण

कमल कुमाल  कालीकोट
१७ ओै गणतन्त्र दिवसको अबसरमा अखिल क्रान्तिकारी बिद्यार्थी द्वारा जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दिलाइ फलफूल बितरणा गरिएको छ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल(क्रान्तिकारी)को आयोजना तथा प्रेस सेन्टर नेपाल कालिकोटको समन्वयमा कैदी वन्दीहरुलाई मंगलवार फलफुल वितरण गरीएको हो ।

फलफुल वितरण कार्यक्रममा अखिल (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष अस्मीत बम(साइनो), सिमा शाही, प्रेस सेन्टर नेपालका जिल्ला इन्चार्ज रत्न कार्की, अध्यक्ष विरेन्द्र आचार्य, सचिव पुर्ण सिंह बम लगाएतको सहभागीता रहेको थियो । गणतन्त्र दिवसका अवसरमा फलफुल वितरण गरेकोमा जिल्ला कारागार कार्यालयका प्रमुख नर बहादुर मिजारले संगठन लाई धन्यवाद दिएका छन्।

मानव सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै फलफुल वितरण गरेको बमले बताए । हाल जिल्ला कारागारमा अहिले ५२ जना पुरुष तथा ५ जना महिला गरि जम्मा ५७ जना  कैदीबन्दी रहेका छन् ।

कार्यक्रममा बोल्दै ललित शाहीले कारागारमा रहेका कैदी बन्दीहरुको पिडा त धेरै छन् तर पिडा लुकाएर बस्नु पर्ने बध्यता रहेको गुनासो गर्नभएको छ । जनता बाट निर्वाचन भएका जनप्रतिनिधिहरु सँगै आवश्यकता अनुसारका खेलकूद सामाग्री उपलब्ध गराईदिन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया