कालीकाेट, १७ औँ गणतन्त्र दिवसको अवसरमा जिल्लाको शुभकालिका गाउँपालिका अन्तर्गत माध्यमिक तह कक्षा ९ र १० का विद्यार्थीहरुका बिचमा हाजिरी जवाफ प्रतियोगीता गरीएको छ ।
कालीकोट जिल्लाकाे शुभकालिका गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा सुकाटिया कालीकोटको आयोजनामा , दाहाल मा.वि सुकाटीयाको प्रराङगडमा हाजिरी जवाफ प्रतियाे गिता कार्यक्रम गरिएको हाे । जस्मा कालिका मा. वि बालाचौर भर्ताले प्रथम स्थान हाशिल गरेको छ भने महादेव मा.वि राराकाँटीयाले द्धितिय स्थान हाशिल गरेको छ तृतीय स्थान दाँहाल मा. वि सुकाटिया र जनज्योति मा. वि भर्ताले सान्त्वना स्थान हाशिल गरेको छ ।
उक्त हाजिरी जवाफ प्रतियो गिताको प्रथम पुरस्कार ८००० हजार द्वितीय पुरस्कार ७००० हजार तृतीय पुरस्कार ६००० हजार सान्त्वना पुरस्कार ५००० हजार प्रदान गरिएको शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख ऐन बहादुर शाहीले जान्कारी दिनु भयो ।

दुर्गमका विद्यार्थी लाई यस्तै खालका हाजिरी जवाफ प्रतियो गिता सञ्चालन गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सकिने यस्ता खालका कार्यक्रम प्रभावकारी हुने र शुभकालका गाउँपालिकाका प्रत्यक २६ वटा विद्यालयमा यी कार्यक्रम गर्न जरुरी रहेको शुभकालिका गाउपालिकाकी उपाध्यक्ष धर्म कला शाहीले बताउनु भयो । कार्यक्रम मा शुभकालिका गाउपालिकाका ७ वटा मा . वि का शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम मा शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख ऐन बहादुर शाहीकाे सभाअध्यक्षता शुभकालिका गाउँपालिका उपाअध्यक्ष धर्मकला शाहीकाे प्रमुख आतिथ्यता निमित प्रमुख प्रशासकिय अधिकृत केन्द्र बाहादुर शाही स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीकाे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा पत्रकार ,शिक्षक ,विद्यार्थी , स्थानीय जनप्रतिनिधि सुरक्षाकर्मी हरुकाे बाग्लाे सहभागीतामा हाजिरी जवाफ प्रतियो गिता गरिएकाे हाे ।
तिलाप्रेस । १५ जेष्ठ २०८१, मंगलवार १७:५५