कालिकोट रास्कोट नगरपालिकाको आयोजनामा लैंगिक हिंसा, बाल विवाह, बहु विवाह, वालश्रम बाल शोषण, बालयौन दुर्व्यवहार, छाउपडी प्रथा जस्ता सामाजिक तथा कानुनी अपराधिक विषय बस्तुमा आधारित सोही प्रकृतिको जनचेतना फैलाउने उद्देश्यले नेपाली जनचेतनामुलक डकुमेन्ट्री चलचित्र जुना प्रर्दशन गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम आज रास्कोट नगरपालिकाको सुन्द्रर आधारभूत विद्यालय र मोतिराम माध्यमिक बिद्यालय सिप्खाना बाट सुरु गरिएको छ । उक्त कार्यक्रम मा रास्कोट नगरपालिका वडा नम्बर एक र दुई र २ का वडा अध्यक्ष , महिला तथा बाल बालिका शाखा प्रमुख , स्थानिय पंञ्चिक्ररण शाखा प्रमुख, शिक्षा शाखा प्रमुख ,सादा नेपाल , हुरुन्डेक नेपाल , यूनिसेफ नेपाल ,सि याम सि नेपाल का प्रतिनिधि तथा सृस्टि फाउन्डेसन काठमाडौका सचिव लगाएतको टिमले वडा नम्बर एक र दुईमा “जुना“ नामको भिडियो मार्फत संदेश दिएको पत्रकार टिकाराज उपाध्यायले बताए ।





तिलाप्रेस । ३ जेष्ठ २०८१, बिहीबार १८:१९