कालीकोट पत्रकार महासंघ कालिकोटको १६ औं जिल्ला अधिवेशन तथा साधारण सभा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको सभाअध्यक्षता,तथा खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता,र प्रमुख जिल्ला अधिकारी गणेश नेपाली,डिएसपी अर्जुन केसी, पत्रकार महासंघका केन्दीय प्रतिनीधि तुलराम पाण्डे,पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष नमराज योगी, पूर्व अध्यक्ष कालि बहादुर मल्लको विशेश आतिथ्यतामा कार्यक्रम गरिएको हो
कार्यक्रममा बोल्दै खाडाँचक्र नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कमल बहादुर शाहीले भौगोलिक कठिनाईका बाबजुत पनी विकट कालिकोट जिल्लामा क्रियाशिल रहेर पत्रकारीता माध्यम बाट नागरिकलाई सत्य तथ्य सुचना,समाचार,सम्प्रेषण गरेको भन्दै धन्यवाद समेत दिनु भएको छ । पत्रकार भनेको राज्यको चौथो आंग भएको हुँदा सबै नागरिकलाई ,न्यायपूर्ण रुपमा समाचार सम्प्रेषण गरि तथ्य समाचार सम्प्रेषण गर्न पनी आग्रह गनुभएको छ ।
पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टले पत्रकारको आचारसंहिता पालना तथा कार्यान्वयनमा जोड दिदै पत्रकार र पत्रकारीता पेशालाई अझै थप पर्यादित बनाउनु पर्नेमा जोड् दिनुभएको छ ।
पत्रकार महासंघ भनेको विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका क्रियाशिल पत्रकारहरुको एउँटा छाता संगठन हो , यो संगठनले समाजमा घटिरहेका विकृती विसंगती, जस्ता घटनाहरुलाई उजागर गरेर नागरिक सामु सुचना समाचार सम्प्रेषण गर्न नै पत्रकारको महत्वपूर्ण भूूमिका रहेको बताईएको छ । १६ औं जिल्ला अधिवेशन तथा साधारण सभामा पत्रकार महासंघका जिल्ला अध्यक्ष भरतराज विष्ट र सचिव खडानन्द अधिकारीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष रमेश सोनीले आर्थिक प्रतिबेदन पेश गरेका थिए।
तिलाप्रेस । १४ बैशाख २०८१, शुक्रबार १७:३२