कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ३,४,र ८ ले बिबाह पूर्व वडाको सिफारिस लिनुपर्ने निर्णय लागु गरेसँगै वडा नम्बर २ ले पनि बिबाह पूर्व वडाको सिफारिस लिनुपर्ने निर्णय लागु गरेको छ ।
रास्कोट नगरपालिका वडा न २ को आयोजना तथा प्लान इन्टरनेस्नल नेपाल को आर्थिक सहयोग सामाजिक जागरण तथा बिकास प्रतिस्ठान सादा नेपालको साझेदारीमा संचालित बालबिबाह छिटो बिबाह र जबर्जस्ति गरिने बिबाह रोकथाम परियोजना अन्तरगत वडा नम्बर २ मा किशोर किशोरी ले बिबाह गर्दा सिफारिस लिनुका साथै उनीहरुको वास्तविक उमेर थाहाँ हुने वडा अध्यक्ष धुर्बराज सिम्खाडाले बताउनु भएको हो ।
परियोजना लागु भएदेखी नागरिक समाज किशोर किशोरीको पहलमा पहिलाको भन्दा पछिल्लो समय बाल बिवाह छिटो विवाह तथा जवरजस्ती गरिने विवाह जस्ता घटनाहरु घट्दो क्रममा रहेको फिल्ड अफिसर मंगल कुमारी उपाध्यायले बताउनु भएको छ ।
तिलाप्रेस । १३ बैशाख २०८१, बिहीबार १७:५८