कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् । उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका हुन् । मन्त्रीमा नियुक्त भएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन ।
गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गरेका हुन् । सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन् ।मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले सपथ लिनुभएको हो । बाकीँ मन्त्रीको सपथ बिहिवार मुख्यमन्त्रीले बिस्वासको मत लिएपछी बिस्तार हुने जनाईएको छ । नेपालीरैबर बाट साभार
तिलाप्रेस । १२ बैशाख २०८१, बुधबार १७:२८