बालविवाह मुक्त पालिका घोषणा गर्ने तयारीमा हिमा गाउँपालिका

जुम्ला जिल्लाको हिमा गाउँपालिकाले २०८१ साल जेठ दोस्रो हप्तामा बालविवाह मुक्त वडा र पुर्ण भर्ना वडा घोषणा गर्न कार्यतालिका निर्माण गरेको छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा पालिका स्थीत सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले गाउँपालिका भित्रका वडाहरुलाई जेठ १० गतेसम्म बाल विवाह मुक्त वडा घोषणा गर्ने योजना तथा प्रतिवद्धता गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा गत बर्ष २०८० सालमा क्याड नेपाल र प्लान इन्टरनेशनल नेपालले गरेको बाल विवाह सर्भेक्षण तथ्याँकको प्रस्तुतिकरण गरि समिक्षा गरिएको थियो । समिक्षा कार्यक्रममा गाउँपालिकाको बालविवाह दर २२ प्रतिशत भएकाले यसलाई सुधार गरि बाल विवाह मुक्त पालिका घोषणा गर्न सकिने बैठकले ठहर गरेको छ । हिमा गाउँपालिकालाई विद्यार्थी भर्ना र विद्यालय उमेरका समुहका बालबालिका विद्यालय बाहिर नरहेका वडा तथा पालिका घोषणा समेत गर्ने कार्यतालिका निर्माण गरिएको छ ।

 कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहिले हाम्रो गाउँपालिकाका बालबालिकाहरुको शैक्षिक सफलताको भविश्य निर्माण हुनुका साथै,कोहि विद्यालय उमेर समुका विद्यार्थी विद्यालय बाहिर रहने छैनन्,पालिका भित्रका वडाहरु बालविवाह मुक्त हुनेछन् यस कार्यका लागी हामी सरोकारवालाहरुले निर्माण गरिएको कार्यतालिका कार्यन्वयनमा प्रतिवद्धता गर्दछौँ उहाँले भन्नुभएको छ ।

अभियानलाई सहयोग गर्ने प्लान इन्टरनेशनल नेपाल ,पेस नेपाल र क्याड नेपाललाई अमुल्य सहयोगका लागी धन्यवाद समेत दिनु भएको छ ।यस पालिकामा बाल विवाह,छिटोहुने बिवाह र जवरजस्ती हुने बिबाह रोकथाम तथा बाल अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरु प्लान इन्टरनेशनल नेपाल,क्याड नेपाल र पेस नेपाल विगत लामो समय देखि काम गर्दै आएका संस्थाले बाल विवाह मुक्त र पुर्ण भर्ना कार्यक्रममा सहयोग गर्ने बताए ।

हिमा गाउँपालिकाले विद्यार्थी विद्यालय बाहिर नरहेको पालिका र बाल विवाह मुक्त पालिका घोषणामा पेस नेपाल द्धारा संचालित सशक्त बालिका परियोजना र क्याड नेपाल द्धारा संचालित बाल विवाह,छिटोहुने बिवाह र जवरजस्ती हुने बिबाह रोकथाम परियोजनाको सहयोगमा अभियान गरिने समेत बताएको छ ।

साथै यस कार्यक्रममा हेटौडामा संचालन भएको १४ औँ राष्ट्रिब्यापी जुनियर राष्ट्रिपती कप रिले दौडमा प्रथम स्थान हाँसिल गर्ने जुम्ला जिल्ला हिमा गाउँपालिका वडा नं.७ धाँचुगाउँकी हिमाली शाहीलाई सम्मान समेत गरिएका थियो । हिमा गाउँपालिका वडा नं ४ को कालिका मा.वि.तलिकुडु कक्षा १२ मा अध्यनरत बर्ष १६ की शाहीले १४ औँ राष्ट्रिब्यापी जुनियर राष्ट्रिपती कप रिले दौडमा प्रथम स्थान हाँसिल गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया