कालीकोट
हामी बनाउछौ हाम्रो नगर भन्नेमूल नाराकासाथ नसर्ने रोग सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा रास्कोट नगरपालिकाको आयोजनामा नसर्न रोग सम्बन्धी सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकालाई १ दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
पालिका भित्रका रहेका महिला स्वास्थ्य स्वयं सेविकालाई नसर्ने रोग बारे थाहा पाउन र नगरपालिका भित्रका स्थानीयलाई स्वास्थ्य,स्वच्छ बनाउनका लागी कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले बताउनु भयो ।
आफु स्वास्थ्य भए आफ्नौ घर आगाँन देखि परिवार र समाज स्वास्थ्य रहने भएकाले यहाँका स्थानीय सरकारले आफ्नौ क्षेत्रका नसर्ने रोग र सर्ने रोग बारे जनचेतना गरिएको बताउनु भयो साथै नगरपालिका भित्रका नागरिकलाई रोगबाट मुक्त गर्न बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धीका रोग बारे सचेतीकरण कार्यक्रमहरु गर्दै आईरहेको न्यौपानेले बताउनु भयो
तिलाप्रेस । ९ बैशाख २०८१, आईतवार १८:१०