गाउँमै आयोडिनयुक्त नुन वितरण

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन वितरण थालेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन वितरण थालिएको हो । सान्नी त्रिवेणी गाउँपालिकाकाले नुन खरिद गरि प्रतेक वडामा नुन ढुवानि गरिसकेको छ । १ सय रुपैयाँको नुन लिन २ देखि ३ हजार खर्च गर्नु पर्ने बाध्यताको अन्त्य गर्नका लागि पालिकाले प्रतेक वडामा नुन वितरण थालेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केशीले बताउनु भयो । “एक प्याकेट नुन लिनका लागि सदरमुकाम मान्म धाउनु परिरहेको छ । यसका लागि स्थानीयले दुई हजारदेखि तिन हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ, उहाँले भन्नुभयो ।

अब नुन खरिद गर्न सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष केशिको भनाइ छ । आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले प्रतेक वडामा नुन ढुवानि गरिएको र तत्काल नै प्रतेक वडावाट वितरण थालिने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । आज सान्नी त्रिवेणी गाउँपालिका वडा नं. २ ले वडा वाट नुन वितरण थालेको वडा अध्यक्ष वसन्त बुढाले जानकारी दिनुभयो । वडा सम्म नुन ढुवानि भएपछि आज प्रतेक घरधुरीलाई ६ पाकेटका दरले नुन वितरण थालिएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।

सान्नी त्रिवेणी गाउँपालिकाले ९ वटै वडाका नागरिकहरुका लागि पहिलो चरणमा १ सय ७५ क्वीन्टल नुन साल्ट ट्रेडिङ वाट खरिद गरेको छ । एक पाकेट वा १ केजि नुनको ९ रुपैयाँका दरले नै विक्री गरिने र शान्तीघाट वाट वडा सम्मको ढुवानिको जिम्मा पालिकाले लिने गरि नुन खरिद गरेर वितरण थालिएको हो । आज वाट वडा नं. २ ले नुन वितरण थालेपछि अव प्रतेक वडाले तत्काल नै नुन वितरण थाल्ने गाउँपालिका अध्यक्ष केशिले बताउनु भयो । उहाँका अनुसार पुन पनि गाउँपालिकाले यसरी नै नुन खरिद गरि नागरिकहरुलाई निरन्तर रुपमा वितरण गरिने छ ।।

तपाईको प्रतिक्रिया