भरतपुर महानगर र पचालझरना गाउँपालिका बीच भगिनी सम्बन्ध कायम 

कमल कुमाल कालीकोट

भरतपुर महानगरपालिका र कालिकोट जिल्लाको पचालझरना गाउँपालिका बीचमा भागिनी सम्बन्ध कायम भएको छ ।

सोमबार औपचारीक रुपमा भरतपुर महानगरपालिकी मेयर रेनु दाहाल प्रमुख प्रशासकिय अधिकृत,तथा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही,उपाध्यक्ष अल्किना बम बविता,प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी,लेखापाल, चक्र खनाल  राजनीतिक दल लगाएतको बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।


समझदारी पत्रमा दुई पालिका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पचालझरना गाउँपालिका सँग भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया