कालीकोट जिल्लाको रास्कोट नगरपालीका वडा नम्बर पाँच लाई बालश्रम मुक्त वडा घोषण गरिएको छ । बुधबार एक कार्यक्रमका विच वडालाई बालश्रम मुक्त वडा घोषण गरिएको हो ।
उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष मन तिरुवाको सभाअध्यता ,जिल्ला समन्वय समितिका सदस्य सुर्जा फेडेराको प्रमुख आतिथ्यता,तथा रास्कोट नगरपालिका कार्यबाहक नगर प्रमुख भैरे तिरुवाको विशेष आतिथ्यतमा संचालन गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम महिला तथा जेष्ठनागरिक शाखा प्रमुख सरस्वती वली विष्ट, सामाजिक सुरक्षा तथा पंजिकरण शाखा प्रमुख हुकुम शाही, नेकपा माओवादी केन्द्र रास्कोट नगरपालिका पार्टि अध्यक्ष पदम बहादुर खड्का को उपस्थितीम वडा नं.५ लाई वालश्रम मुक्त वडा घोषण गरिएको बताईएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग,तथा रास्कोट नगरपालिकाको सहजिकरणमा वडालाई बालश्रम मुक्त वडा गरिएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष मन तिरुवाले बालमैत्री वडा घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त वडा घोषण गरिएको समेत बताउनु भएको छ ।
तिलाप्रेस । २१ चैत्र २०८०, बुधबार १७:३४