कालीकोट उद्यम विकास सहजकर्ता महासंघ कर्णाली प्रदेशको नयाँ कार्य समिति गठन गरेसँगै अध्यक्षमा सुनमाया सुनार चयन हुनुभएको छ । उद्यम विकास सहजकर्ता महासंघ कर्णाली प्रदेश सुर्खेतको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा दैलेखकी सुनमाया सुनार लाई अध्यक्ष पदमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्ष पदमा कालिकोटका नेत्रराज बम, महासचिवमा जाजरकोटका प्रकाश चदारा, सचिवमा दैलेखका मुकेश दाहाल, कोषाध्यक्षमा डोल्पाकी गंगा देवि बोहोरा, बरिस्ठ सदस्य अनु भण्डारी,राम महतारा लगायतका ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । उक्त कार्य समितिको कार्य अवधि भने २ वर्षसम्म संचालन हुने छ ।
तिलाप्रेस । १२ चैत्र २०८०, सोमबार २०:४१