अखिल (क्रान्तिकारी) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल

कालीकोट  नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी (अनेरास्ववियु) कालीकोटको अध्यक्षमा खगेन्द्र मल्ल चयन हुनुभएको छ । संगठनले आइतबार १४ औँ जिल्ला सम्मेलनबाट मल्ललाई अध्यक्ष पदमा चयन गरेको हो ।

जनयुद्धको अन्तिम युद्धस्थल युद्ध पर्यटकीय क्षेत्र पिलीमा भएको जिल्ला सम्मेलनबाट बरिष्ठ उपाध्यक्षमा अस्मित बम, उपाध्यक्ष मानबहादुर रोकाया, सिमा शाही, सचिव कमल शाही, सहसचिव केशब बुढा, गीता शाही, सुर्वण सेजुवाल, अर्जुन बिक र कोषाध्यक्षमा हर्सिला सुवेदीलाई चयन गरेको छ ।

खाँडाचक्र नगरपालिकाको पिलीमा सम्पन्न जिल्ला सम्मेलनले अध्यक्ष खगेन्द्र मल्लको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको बाइएको छ ।

तपाईको प्रतिक्रिया