कमल कुमाल कालीकाेट
हामी बनाउछौं हाम्रो नगर भन्ने मूलनाराका साथ रास्कोट नगरपालिकाले अर्धबार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०र८१ मा बिनियोजित बजेट, योजना, नीति निर्माण तथा अहिलेसम्मको खर्चका बारेमा नागरिकलाई राखेर सुनुवाइ कार्यक्रम गरेको हो । सुशासन, पारदर्शी र जवाफदेही सरकार बनाउन नगरपालिकाले गरेका गतिविधी जनतामाझ सार्वजनिक गर्नुका साथै रास्कोट नगरपालिकालाई नागरिक मैत्री बनाउने उदेश्यले सार्वजनिक सुनुवाई गरेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै नगर प्रमुख धर्मराज शाही(पोषण)ले समृद्ध रास्कोट निर्माणका लागि विभिन्न कार्यक्रमको थालनी गरिएको जानकारी दिनुभयो । नगर प्रहरी गठन, मेयर हेल्थ कार्यक्रम, घर बिमा, विद्युत महसुल काउन्टर स्थापना, सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउने लगायतका कामहरुको सुरुवात गरिएको नगरप्रमुख शाहीको भनाइ छ ।
नगरपालीकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मनिराज बरालले नागरिकहरुको सेवा प्रभावकारी बनाउन र कमि कमजोरी हटाउन सार्वजनिक सुनुवाई गरेको उपप्रमुख बरालले बताउनु भएको छ । हरेक नागरिकले सरकार र सार्वजनिक संघ संस्थाको वारेमा जान्न वुझ्न पाउनु नागरिकको हक अधिकार भएको समेत बताउनु भयाे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम ,सम्पुर्ण वडाका वडा अध्यक्ष,विभिन्न विषयगत शाखाका प्रमुख हरुले सहभागीले उठाएका प्रश्न सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए ।
उक्र सार्वजनिक सुनुवाई कार्यक्रमको भने सहजिकरण रेडियो प्रदेश आवाज कालिकोटले गरेको थियाे ।
तिलाप्रेस । १७ चैत्र २०८०, शनिबार १९:०९