भारतको हरिद्धारमा कालीकोट एकता समाज नामकको संस्था स्थापना 

कालीकोट भारतको हरिद्धारमा होली विशेष कार्यक्रम अन्र्तगत कालीकोट एकता समाज नामकको संस्था स्थापना गरिएको छ ।एकता समाज नामकको संस्थाले कालीकोट जिल्लाका अधिकाँस नागरिकहरुको सेवामा समर्पित भएर उद्धार गर्ने भएको छ । विशेष गरी कालिकोट जिल्लाका दाजुभाई दिदिबहिनीहरुको सेवा समर्पित भएर कामगर्ने ध्वज बहादुर  धमलाले बताउनु भएको छ ।

नेपाल देखी भारत ,भरत देखी नेपाल सम्म आवत जावत गर्ने क्रममा अलपत्र परेको आमा बुबा दाजुभाई दिदिबहिनीको उद्धारको लागी ध्वज बहादुर  धमला र कलिन्द्र शाहीको नेतृत्वमा  मनिराज बराल, बिस्नु प्रसाद बराल, लोकराज उपाध्याय ,हेमराज, बल प्रसाद सज्याल, मनि प्रसाद संज्याल  दत्त बराल ,समुन्द्र धमला लगायत २० जना गठन गरीएको बताईएको छ । महिनाको २०० सय पैसा बचत गरी अतपत्र तथा दुखमा परेका नेपालीहरुको  उद्धारका लागी कालीकोट एकता समाजको स्थापना गरिएको सुरेश शाहीले जानकारी दिनु भयो ।
कालीकोट एकता समाज नामकको संस्था स्थापना गर्दैगर्दा रास्कोट नगरपालिका वडा नम्बर १ देखी ९ सम्मका आम नागरिकको बाग्लो उपस्थिति रहेको  समेत बताईको छ ।

तपाईको प्रतिक्रिया