स्वरोगार बनाउँन सिलाई कटाईं तालिम

 कमल कुमाल कालीकोट
जिल्लाको तिलागुफा नगरपालीकामा गाउँमै स्वरोगार बनाउने उदेश्यले महिलाहरुलाई सिलाई कटाई तालिम सुरु गरिएको छ ।उद्यमशिलता विकास तथा महिला आर्यआर्जन कार्यक्रम अन्र्तगत सिप बिकास सिलाई कटाईं तालिम तिलागुफा नगरपालीका वडा नम्बर ११ मा संचालन गरिएको उद्योग तथा उपभोक्ता संरक्षण हित कार्यालय कालीकोटका (ना सु) धिरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

उद्योग तथा उपभोक्ता  हित संरक्षण कार्यालय कालीकोटको आर्थिक सहयोग तथा समन्वयमा कार्यक्रम संचालन गरिएको हो । नगरपालीका भित्रका महिलाहरुलाई लक्षीत गर्न उदेश्यले सिँलाई कटाईँ तालिमको आयोजना गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण  कार्यालय कालीकोटका काबा अध्यक्ष कुम्भ बहादुर शाहीको बताए ।
९० दिन सम्म संचालन हुने तालिममा १० जना सहभागीता रहेका छन् उक्त तालिम चैत ९ गते देखी,असार ९ गते सम्म संचालन हुँने भएको छ । तालिममा सिकेका सिपलाई व्याहारमा उतार्न पनी उद्योग तथा उपभोक्ता हित संरक्षण  कार्यालय कालीकोटले आग्रह गरेको छ । पछिल्लो समयमा जिल्लामा अधिकाँस ठाउँमा विभिन्न सिपमूलक तालिम दिदैैं आएको छ ।

तपाईको प्रतिक्रिया