नसर्ने रोग सम्बन्धि १ दिने शिबिरको शुभारम्भ 

कालीकोट नसर्ने रोग तथा जनस्वास्थ्य प्रबर्द्धन सम्बन्धि १ दिने शिबिरको शुभारम्भ गरिएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा सान्नित्रिबेणी गाउँपालीकाकोे समन्वयमा नसर्ने रोग तथा जनस्वास्थ्य प्रबर्द्धन सम्बन्धि १ दिने शिबिरको शुभारम्भ गरिएको हो ।

स्वास्थ्यसेवा कार्यालय कालीकोटका नि.स्वास्थ्य सेवा ब्यबस्थापक डा.संकेत बिश्वकर्माको अध्यक्षतामा संचालन गरिएको कार्याक्रममा शान्नित्रीवेणी गाउँपालिकाअध्यक्ष मोहन बहादुर केसीले ब्यानर बाचन तथा स्वास्थ्य परिक्षण गरी शिबिरको समुद्घाटन गर्न भएको छ ।

बिहान सुरु गरिएको शिविरबाट अहिलेसम्म जम्मा ६२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । शिबिरमा मुटु रोग ,मधुमेह ,क्यान्सर ,दम तथा अन्य नसर्ने रोग ,महिलाको पाठेघरको मुखको क्यान्सरको VIA बिधिद्वारा परिक्षण तथा जनस्वास्थ्य प्रबर्द्धन सम्बन्धि सेवा प्रदान गरिरहेको जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया