कमल कुमाल कालीकोट
घरेलु हिंसा न्युुनीकरणका लागी कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाको रास्कोट नगरपालीका वडा नं ५ का समुदायहरुलाई लैङ्गकि तथा घरेलु हिंसा लगाएतका कुप्रथालाई न्युनीकरण गर्नका लागी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
कार्यक्रममा सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय रास्काेटका बरिस्ठ सहि कर्ण बहादुर रेउलेले लैंङ्गीक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नुका साथै घरघरमा हुने घरेलु हिंसा विभेद, छाउपडीप्रथा, लगाएतका अन्य कानुनी पहुँचका विषयमा पनी जानकारी दिनुभएको समेत बताईएको छ ।
तिलाप्रेस । ८ चैत्र २०८०, बिहीबार २२:११