कमल कुमाल कालीकोट
न्यायमा बाह्य पहुँच कार्यक्रम रास्कोट नगरपालीकामा सम्पन्न भएको छ । जिल्ला अदालत मान्म कालिकोट र रास्कोट नगरपालीकाको आयोजनामा १ दिने न्यायमा बाह्य पहुँच तथा सामुदायमा सरकारि वकिल कार्यक्रम समापन गरिएको हो ।
उक्र कार्यक्रममा रास्कोट नगरपालीका नगर प्रमुख धर्मराज शाहीको अध्यक्षता तथा नगर उपप्रमुख मनिराज बरालको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्तममा मानवीय न्यायाधीश चन्द्र प्रकाश तिवारी, श्रेस्तेदार, चन्द्रदेव भारती,वडा अध्यक्ष,कार्यपालिका सदस्य, न्यायीक समिती, मेलमिलापकर्ता लगाएतका सम्पुर्ण कर्मचारीको उपस्थितमा कार्यक्रम समापन गरिएको बताईएको छ ।
कार्यक्रममा बोल्दै रास्कोट नगरपालीका नगरप्रमुख धर्मराज शाहीले अदालतबाट प्रदान गरिने सेवा सुविधाका बारेमा स्थानियलाई जानकारी गराउने तथा स्थानिय सर्वसाधरणको समस्या बुझेर ती समस्याको समाधान गर्ने जिल्ला अदालत गाउँमै पुग्दा रास्कोट वासी खुशी भएको समेत बताउनु भएका छ ।
नगरपालिका भित्र रहेका ९ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै मानवीय न्यायाधीश चन्द्र प्रकाश तिवारी, श्रेस्तेदार चन्द्रदेव भारतीले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराउदैं उनले स्थानिय सर्वसाधरणको समस्या बुझेर ती समस्याको समाधान गर्न पहल गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । अदालतबाट छिटो न्याय दिनका लागि कार्यालयले कुनै पनि कसर बाँकी नराखेको समेत बताउनु भएको छ ।।
तिलाप्रेस । ९ चैत्र २०८०, शुक्रबार १७:५८