दुई दिने आधारभुत पत्रकारिता सम्बन्धि तालिम सम्पन्न

कालीकोट
पत्रकारहरुका लागी दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।दलित महिला संघ कालिकोटको आयोजनामा संचालन गरिएको तालिममा कालिकोटका २० जना पत्रकारलाई आधारभुत पत्रकारिता सम्बन्धी पुर्नताजकिय तालिम दिइएको हो ।

प्रशिक्षक तिर्थराज न्यौपाने, नेपाल टेलिभिजनका निर्मल अधिकारी लगायतले आधारभुत पत्रकारीता, फोटो पत्रकार, र टेलिभिजन संचालन सम्बन्धी कुराहरुको वारे प्रस्ट पारेका थिए। कर्णालीका महिला , दलित उत्पिडत समुदायको अधिकारको लागी हरेक सवाल र विषय वस्तुहरुको वारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो ।

तालिममा पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै दुरदराजका बुलन्द आवाज समाजका कुपर्था कुस्कार जातिय विभेद महिला हिँसा जस्ता हानिकारक अभ्यासलाइ छिटो छरितो र प्रभावकारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको फेडो नेपालका जिल्ला संयोजक रमेश नेपालीले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेरण विक, नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट लगायतका पत्रकारहरुको सहभागितामा तालिम सम्पन्न गरिएको थियो ।

तपाईको प्रतिक्रिया