कालिकोट जिल्लाको रास्कोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा परीक्षाको अनुगमन गरीएको छ । बिहिवार बाट पालिका भरीका बिद्यालयहरुमा सञ्चालन भएको वार्षिक परीक्षाको अनुगमन गरीएको हो ।
रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही (पोषण) शिक्षा शाखा प्रमुख खेमराज शाहि शिक्षा प्रा. स ,दल बहादुर जि. सि,लक्ष्मि प्रशाद बराल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका उपाध्यक्ष नमराज योगि टिकाराज उपाध्याय लगाएतले अनुगमन गरेका हुँन् ।
बडिमालिक माध्यमिक विद्यालय,मोतिराम माध्यमिक विद्यालय र कालासिल्ला माध्यमिक विद्यालयमा संचालन भैरहेको वार्षिक परीक्षाको अनुगमन गरीएको शिक्षा शाखा प्रमुख खेमराज शाहीले जानकारी दिनुभएको छ ।
तिलाप्रेस । ६ चैत्र २०८०, मंगलवार १७:४३