खोप समन्वय समिति रास्कोटको बैठक सम्पन्न 

कालिकोट स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा इपिक नेपाल, एफ.एच.आई ३६० को आर्थिक सहयोगमा तथा रास्कोट नगरपालिकाको समन्वयमा खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
जिल्लाका नौं वटा स्तानीय तहमध्य रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका, खोपको पहुँचमा पछाडी रहेका हुँदा यहि फागुन २७ र २८ गते कोभिड १९ विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने  भएको छ ।

कार्यक्रम पालिका खोप समन्वय समिति संयोजक तथा रास्कोट नगरपालिका उप प्रमुख मनिराज बरालको सभाअध्यक्षतामा,संचालन गरिएको कार्यक्रममा इपिक नेपालका कर्मचारी वडा अध्यक्ष कार्यपालिका सदस्य ,स्वास्थ्य सेवा कार्यालय कालिकोटका डा. संकेत बिश्वक्रमा, जनस्वास्थ्य अधिकृत कटक बहादुर महत, तथा कर्मचारी पत्रकार लगाएतको , उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा डाक्टर संकेत बिश्वक्रमाले कोभिड १९ विरुद्धको खोप कार्यक्रमको उद्देश्य, नेपालमा कोभिड १९ रोगको सुरुवात अवस्था, खोप अभियानमा आउन सक्ने चुनौतीका विषयमा प्रशिक्षण दिनु भएको थियो, भने इपिक नेपाल,एफ.एच.आईका प्रतिनिधि राजु चन्द्र , अनुजा खनालले कोभिड १९ रोगवाट वच्न नागरीकले अपनाउनु पर्ने प्रभावकारी उपाय र खोप अभियान पुनःसञ्चालन गर्नुका साथै फाईजर खोपको वारेमा जानकारी दिनु भएको थियो ।


कार्यक्रममको समापन गर्दै समन्वय समिति संयोजक मनिराज बरालले खोप अभियानलाई व्यापक प्रचार प्रसार गरेर सफल पार्न सवैलाई सहयोगको अपील गर्नु भएको छ । उक्त खोप ४२१० डोज रास्कोट मा आई सकेको समेत बताउनु भएको छ।

तपाईको प्रतिक्रिया