कालिकोट
जिल्लाको नरहरिनाथ गाउँपालिकामा करेन्ट लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका वडा ८ काल्ढुङ्ग नजिकै करेन्ट लागेर मंगाला सैनि माध्यामिक विद्यालयका शिक्षक ४३ वर्षीय केशवराज थापा र उहाँका भतिज २७ वर्षीय गङ्गा थापा रहेका छन् ।
नरहरीनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप वोहोरा अनुसार सवस्टेशनवाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्न खोज्दा विद्युतको करेन्ट लागको बताउनु भयो । उहाँका अनुसार गाडेको विद्युतको पोल उखेलेर अर्को स्थानमा सार्न खोज्दा पोलको टेप्पोले मेन लाइनलाई छुँदा करेन्ट लागको हो ।
घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले बताए ।
करेन्ट लागेर दुई जनाको घटना स्थलमै मृत्यु
तपाईको प्रतिक्रिया
तिलाप्रेस । २६ फाल्गुन २०८०, शनिबार ११:५४