कालिकोट यौनिक तथा लैंगिक अल्पसंख्यक बालवालिका र समुदायको अधिकार सम्वन्धि सरोकारवालासँग दुई दिने अभिमुखीकरण कार्यक्रम सान्नी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालिकोट सहजिकरणमा संचालित रंगिन परियोजना अन्तर्गत २ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो , यौनिक तथा लैङगिक अल्पसंख्यक बालवालिका र समुदायका व्यक्तिको हक अधिकार उनिहरुका समस्या र संविधानमा उनिहरुका विषयमा उल्लेख गरिएका कानुनका विषयमा छलफल गरिएको थियो । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय प्रति समाजको कस्तो दृष्टिकोण रहेको छ, उनिहरुलाई समाजमा खुलेर वस्न हिड्न र उनिहरुपनि अरुजस्तै हुन भन्ने वातावरण सिर्जना गर्न स्थानिय सरकार र समुदायले के कस्तो भुमिका निर्वाह गर्नु पर्छ ?भन्ने विषयमा दुई दिने अभिमुखीकरण कार्यक्रममा छलफल गरिएको थियो ।
समाजमा अझै पनि विभिन्न विभेदहरु कायमै रहेको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले तेस्रो लिंगीका विषयमा पहिलो पटक यो तालिम मार्फत धेरै कुराहरु सिक्ने अवसर मिलेको बताउनु भयो । उहाँले अव सान्नी त्रिवेणी गाउँपालिकाले पनि उनिहरुको हक अधिकारका लागि र समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि जनचेतना जोगाउने बताउनु भयो । उहाँले पीतृसताप्ती समाजले यौनिक तथा लैङगिक अल्पसंख्यकहरुलाई फरक दृष्टिकोणले हेर्ने भएको हुँदा यसका लागि जनेचतना जोगाउनु पहिलो प्रथामिकता रहेको बताउनु भयो । उनिहरु समाजमा खुलेर वस्न र उनिहरुलाई समाजका अन्य मानिस सरह उनिहरुलाई पनि अधिकार दिनु पर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले समाजमा जनचेतना सँगै विद्यालय स्तरमा पनि विभिन्न विषय मार्फत जनचेतना जोगाउनु पर्ने बताउनु भयो ।

उनिहरुको आयआर्जन बृद्धिका लागि गाउँपालिकाले पनि वजेटको व्यवस्था गर्ने र पालिकामा त्यस्ता कति व्यक्ती छन भनेर पहिचान गर्ने बताउनु भयो । समाजमा हुने विभिन्न विभेदहरुलाईै अन्त्य गर्नका लागि स्थानिय सरकार विभिन्न संघ संस्थासँग हातेमालो गर्न तयार रहेको बताउनु भयो । आफु पनि यहि समाजमा थुप्रै संघर्ष गर्दै आएको र आज यो स्थानमा आएर जनचेतना जोगाउने गरेको प्रशिक्षक परिना चौधरीले बताउनु भयो । कतिपय तेस्रो लिंगीहरु अझै पनि समाजमा खुलेर हिड्न नसकेको बताउनु भयो । नेपालमा यस्ता व्यक्तीहरुको संख्या धेरै भएपनि खुल्न नसकेका कारण थोरै मात्र जनगणनामा समेटिएको चौधरीले बताउनु भयो । उहाँले संविधानमा धेरै कानुनहरु बनेपनि अझैपनि केहि कुरामा जटिलता रहेको बताउनु भयो । उनिहरुप्रति समाजले हेर्ने दृष्टिकोण वदल्नका लागि सबैले हातेमालो गरेर समुदाय स्तरमा जनेचतना जोगाउनु पर्ने र स्थानिय सरकारले पनि उनिहरुको जिविको पार्जन देखि आय आर्जनमा बृद्धि गर्नका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । हाम्रो समाजले अहिले पनि यो समुदायलाई स्वीकार गर्न सकिरहेको छैन । यो समुदाय खासगरी लैङ्गिक पहिचान सहितको जन्म दर्ता, नागरिकता तथा राहदानी, विवाह र प्रमाणपत्रको समस्याबाट पीडित छ । नागरिकतालाई सबै अधिकार प्राप्तिको अधिकार मानिन्छ तर यही चिजबाट वञ्चित हुनुले उनीहरू धेरै पीडा सहन बाध्य भएका छन ।
आफ्नो लैङ्गिक पहिचानको संघर्षमा धेरै अगाडि बढिसकेपनि अझै हाम्रो समाजले्।‘ पितृसत्तात्मक सोच भएको व्यक्तिहरुमाझ भोग्नु परेको अवस्थालाई सम्मान गर्न र हक अधिकार स्थापना गर्न यो परियोजना रास्कोट र शान्नि त्रिवेणीमा संचालनमा रहेको छ । सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष÷महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन्। नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक सुरक्षित गरेको छ। संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ।
तिलाप्रेस । ५ फाल्गुन २०८०, शनिबार २०:०५