कालिकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा,र रुबेला विरुद्धको खोप लगाइँदै छ । ९ महिना देखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाईने,स्वास्थ्य सेवा कार्यालय कालिकोटले जानकारि दिएको छ । फागुन १३ गतेदेखी १५ गतेसम्म पहिलो चरण र १७ गते देखि १९ गतेसम्म दोस्रो चरणमा गरि २ चरणमा खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा,जिल्लाको खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा खोप सञ्चालन गरिनेछ भने १७ गतेदेखी १९ गते सम्म ,रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिने उहाँले बताउनुभयो ।खोप सञ्चालनको लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २७ वटा भन्दा बढी खोप केन्द्र तोकिएको छ ।

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै , स्वास्थ्य सेवा कार्यलय कालिकोटले पनी आवश्यक तयारी थालेको, निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर संकेत विश्वकर्माले बताउनुभयो । बालबालिकाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्छन् यो सबैभन्दा बढी सङ्क्रामक रोग हो यो, रोग लागेमा एकजना बिरामीले धेरै जनासम्म लाई सार्न सक्ने हुन्छ,पछिल्लो समयमा खोप अभियान संचालन गर्दा यो अभियान एकदमै प्रभावकारी हुने डाः विश्वकर्माको भनाई छ ।
तिलाप्रेस । ५ फाल्गुन २०८०, शनिबार १७:२०