कालिकोटको पचालझरना गाउँपालिकाले दियो ’जनयुद्ध दिवसमा बिदा

कालिकोट  जिल्लाको पचालझरना गाउँपालिकाले ’जनयुद्ध दिवस’ का अवसरमा फागुन १ सार्वजनिक बिदा दिने निर्णय गरेको छ।२७ गते बसेको गाउँ कार्यपालिका बैठकले फागुन १ गते ’जनयुद्ध दिवस’ को अवसरमा बिदा दिने निर्णय गरेको हो।

सर्वेच्च अदालतले गत पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो । पचालझरना गाउँपालिका मातहत सरकारी कार्यालय र विद्यालय र संघसंस्थान हरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।सर्वोच्च अदालतले गत पुस १३ गते अबदेखि ’जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो। फागुन १ गते बिभिन्न कार्यक्रम गरि मनाउने पचालझरना गाउँपालिकाले बताएको छ ।

तपाईको प्रतिक्रिया