पलाँता  गाउँपालिकामा सुशासन सम्बन्धि विषय गत समितका लागी दुई दिने क्षमता बिकास तालिम सम्पन्न

कालिकोट 
जिल्लाको पलाँता गाउँपालिकामा कर्णाली प्रदेश प्रतिष्ठान द्धारा  संचालित सुशासन सम्बन्धि विषय गत समितका लागी दुई दिने क्षमता बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ । पलाँता गाउँपालीकाका जनप्रतिनिधि कार्यपालिका सदस्य सम्पुर्ण वडाका वडा अध्यक्ष तथा कर्मचारीहरुका लागि सुशासन सम्बन्धि विषय गत समितका लागी  संचालन गरिएको  दुई दिने क्षमता बिकास तालिम सम्पन्न भएको हो ।

पलाँता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाको सभाअध्यक्षतामा संचालन गरिएका तालिम आज एक कार्यक्रमका विच सम्पन्न भएको हो , कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले संचालित सुशासन सम्बन्धि विषय गत समितका लागी सम्पादनमा सबैलाई सचेतना होस भन्ने उद्देश्यले सुशासन सम्बन्धि विषय गत समितको लागी दुई दिने क्षमता बिकास तालिमको आयोजना गरिएको बताए ।

उक्त कार्यक्रममा प्रशीक्षक रना भण्डारीले स्थानिय सरकार को मुख्य भुमिका बारे र गर्नु पर्ने काम , कतव्य , कानुन बनाउने ,बिकास कसरी गर्ने वडा सदस्य देखि पालिका अध्यक्ष सम्मको अधिकार कति भन्ने बारे जानकारी दिनुभयो । स्थानिय सरकार संचालन ऐन २०७४ बारे पलाँता गाउँपालिका जनप्रतिनिधि र कर्मचारि हरुलाई पलाँता गाउँपालिकाको आयोजना , कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान को समन्वाय मा सुशासन सम्बन्धि विषय गत समितका लागी दुई दिने क्षमता बिकास तालिम एक कार्यक्रम का बिच समापन भएको बताईएको छ।

तपाईको प्रतिक्रिया