मालिका आधारभुत विद्यालयमा पुस्तकालय संचालन 

कालिकोट  सान्नी त्रिवेणी गाउँपालिका ४ मा रहेको मालिका आधारभुत विद्यालयले पुस्तकालय संचालनमा ल्याएको छ । विद्यार्थिहरुको पठन पाठनमा सहजता ल्याउनका लागि विद्यालयले पुस्तकालय संचालनमा ल्याएको हो । नो लिमिट्स नेपालको आर्थिक सहयोगमा यो पुस्तकालय संचालनमा ल्याएको विव्यस अध्यक्ष अरुण शाहिले बताउनु भयो । विद्यार्थिहरुले आफुले चाहेको वेला चाहेको पुस्तक पढ्न पाउने गरि पुस्तकालयमा विभिन्न पुस्तकहरु राखिएको शाहिले बताउनु भयो । विद्यार्थिलाई बिषयगत कितावको ज्ञान जति आबश्यक पर्छ त्यति नै अन्य ज्ञानको पनि आवश्यक पर्ने वडा नं ४ का वडा अध्यक्ष देवनाथ योगिले बताउनु भयो ।

कितावको ज्ञानसंगै आफुले सिक्न चाहेको कुरा पुस्तकालयमा राखिएका पुस्तकहरुवाट विद्यार्थिले सहजै रुपमा सिक्न सक्ने योगिले बताउनु भयो । सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । पुस्तकालय स्थापनाका लागि नो लिमिट्स नेपालले विदेशिहरुसँग समन्वय गरेर पुस्तकहरु खरिद गरि बिद्यालयमा राखिएको नो लिमिट्स नेपालका अध्यक्ष खेमराज शाहिले बताउनु भयो ।

यसअघि पनि नो लिमिट्स नेपालले जिर्ण विद्यालय को भवन मर्मत , विद्यार्थिलाई पोसाक हजयोग र अंग्रेजि माध्यमवाट पठन पाठन गराएको थियो । पुस्तकालयमा नेपाली र अंग्रेजि माध्यमका विभिन्न पुस्तकहरु राखिएका छन । कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थिका लागि मात्र नभएर अन्य विविध विषयका ७ सय भन्दा वढि पुस्तकहरु राखिएका छन ।

तपाईको प्रतिक्रिया