रास्कोट नगरपालिकामा न्यायिक साक्षरता अभिमुखिकरण कार्यक्रम सम्पन्न

कमल कुमाल कालिकोट
जिल्लाको रास्कोट नगरपालिका मा कर्णाली प्रदेश प्रतिष्ठान द्धारा रास्कोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि न्यायिक साक्षरता सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहीको अध्यक्षतामा संचालन गरिएको न्यायिक साक्षरता अभिमुखीकरण कार्यक्रम आज एक कार्यक्रमका विच सम्पन्न भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहीले न्याय सम्पादनमा सबैलाई सचेतना होस भन्ने उद्देश्यले न्यायिक साक्षरता सम्बन्धी ३ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको र यो कार्यक्रमले सबैलाई न्याय पाउन कहाँ कहाँ जान सकिन्छ, स्थानिय निकायबाट पनि न्याय पाउन सकिन्छ भन्ने जानकारी गराउनका लागी यो कार्यक्रमको आयोजना गरिएको बताए ।उक्त कार्यक्रममा प्रशीक्षक स्थानिय शासन बिज्ञ डा. सीता ढुङ्गाना ,ले स्थानिय सरकार को मुख्य भुमिका बारे र गर्नु पर्ने काम , कतव्य कानुन बनाउने बिकास कसरी गर्ने वडा सदस्य देखि नगर प्रमुख सम्मको अधिकार कति भन्ने बारे जानकारी दिनुभयो । स्थानिय सरकार संचालन ऐन २०७४ बारे रास्कोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारि हरुलाई रास्कोट नगरपालिकाको आयोजना,कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान को समन्वाय मा न्यायिक साक्षरता सम्बन्धि तीन दिने तालिम एक कार्यक्रम का बिच समापन भएको बताईएको छ

तपाईको प्रतिक्रिया