कालिकोटमा पहिलो पटक ब्याटमिन्टन प्रतियोगिता सुरु

कालिकोट जिल्लामा पहिलो पटक प्रदेश स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार एक कार्यक्रमका बिच प्रतियोगिताको कवडहलमा उद्घाटन गरेका हुन ।कालिकोट ब्याटमिन्टन संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट १८ वटा टिन दर्ता भएको आयोजकले जनाएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार एक सय ११, दृतियलाई ३१ हजार एक सय ११ र तेस्रो हुनेलाई १५ हजार एक सय ११ रुपैयाँ पुरस्कार रहेको छ ।कर्णाली र मध्यपश्चिममा गाउँदेखी सहरसम्म बढिजसो खेलिने भलिवल पछी कालिकोटमा पहिलो पटक ब्याटमिन्टन, कराते, किक्र्रेट लगायतका खेलहरु खेल्न थालिएको छ ।

उद्घाटन कार्यक्रममा ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्रबहादुर शाहीको सभा अध्यक्षता, कर्णाली प्रदेश का पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहकिो प्रमुख आतिथ्यता , जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाही, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विशामित्र संज्याल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वोगटी, लगायतका अन्य राजनितिक दल सरोकारवाला र खेलाडीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया