कमल कुमाल कालिकोट
हाम्रो आवाज ,हाम्रो रोजाई भन्ने मुल नाराका साथ युरोपियन युनियन, प्लान इन्टरनेस्नल नेपाल ,फेड़ो नेपाल र ,मानव अधिकार तथा विकास सञ्चार केन्द्र हुडेंक नेपाल कालिकोटको आर्थिक सहयोग,खाँडाचक्र नगरपालिकाको आयोजनामा लैड्रिक हिंसा विरुद्धको १६ दिने अभियान २०८० सालको अवसरमा ,महिला हिंसा, घरेलु हिंसा, छाउपडि प्रथा र लैङ्गिक भेदभाव सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सामाजमा घटनाका घटनाहरुको बारेमा जानकारी लिनका लागि महिला हिंसा, घरेलु हिंसा, छाउपडि प्रथा र लैङ्गिक भेदभाव सम्बन्धि पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भईको हो ।

उक्त कार्यक्रममा मानव अधिकार तथा विकास सञ्चार केन्द्र हुर्डेंक कालिकोटका सचिव रिता चौंलागाईको सभाध्यक्ष ,खाँडाचक्र नगरपालिका नगर उप प्रमुख गणेश बहादुर शाहीको प्रुमख आतिथ्यता , वडा नम्बर १ का वडा अध्यक्ष ,धर्मराज ताम्राकार,वडा नं.९ का अध्यक्ष विरजित विष्ट,१० का वडा अध्यक्ष दिल बहादुर शाही,खाँडाचक्र नगरपालिका निमित प्रमुख प्रसासकिय अधिकृत अविराज शाही,शिक्षा शाखा प्रमुख जशिप्रसाद चौंलागाईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

साथै कार्यक्रममा मानव अधिकार तथा विकास सञ्चार केन्द्र हुर्डेंक कालिकोटका अध्यक्ष कालि बहादुर मल्लले अभियानका सन्दर्भमा भिडियो सन्देशमार्फत् जानकारी गराउदैं महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताएका छन् । ’लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या होइन, यो धेरै ठाउँमा लागु छ त्यसको न्युनिकरणको लागी महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य गर्न सकिने समेत बताउनु भएको छ ।




तिलाप्रेस । २२ मंसिर २०८०, शुक्रबार ११:५१